Logo

एमालेकाे बहुमत ग्यारेन्टी हुने गरी तालमेल गर्छाैं: खगराज अधिकारी



काठमाडौं, २० असाेज। नेकपा एमालेका प्रभावशाली नेता खगराज अधिकारीले पार्टीले संघ र प्रदेशका उम्मेदवार तय गरे पनि घाेषणा गर्न मात्र बाँकी राखेकाे बताएका छन्।

“अहिले विभिन्न पार्टीबाट सांसद, नेताहरू एमाले प्रवेश गर्ने लहर चलिरहेकाे छ। गठबन्धनकै दलहरू पनि वार्तामा छन्। केही दिनमा विष्फाेटक अवस्था आउनेवाला छ। यस्ताे बेला बुद्धि पुर्याएर काम गर्नुपर्ने भएकाले हामी उम्मेदवारी घाेषणा गर्न हतारिएका छैनाैं,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने।

अधिकारीले एमालेमा यसपटक ६०-७० प्रतिशत नयाँ उम्मेदवार हुने पनि बताए। साथै उनले घनश्याम भुसाल, भीम रावल लगायतका नेताहरूलाई अाग्रह, पूर्वाग्रह नराखीकन टिकट दिइने दाबी समेत गरे।



प्रतिक्रिया दिनुहोस्