Logo

सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा भेला, आज सिट बाँडफाँटबारे निर्णायक छलफल



काठमाडौं, २० असोज । सत्ता गठबन्धनको बैठक केहीबेरमा सुरु हुने भएको छ । अहिले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु बालुवाटार जाने क्रम बढेको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले दिएको जानकारीअनुसार अहिलेसम्म नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव बालुवाटारमा भेला भएका छन् ।

सिट बाँडफाँटबारे आज गठबन्धनले निर्णायक छलफल गर्ने र निर्णय लिने बताईएको छ । यसअघि हिजो नै गठबन्धनले निर्णायक सहमति गर्ने भनेको थियो । तर, गठबन्धनमा आवद्ध दलले आफ्नो दाबी कायमै राखेको कारण सहमति हुन नसकेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्