Logo

मध्यदशैंमा झरी पर्दा बाढीपहिरो



काठमाडौं, २० असोज । यसवर्षको दशैंमा झरीले जनजीवन प्रभावित भएको छ । अष्टमीदेखि परेको पानी नवमी, दशमी र एकादशीसम्म पर्न छाडेको छैन ।

गएरातिदेखिको अविरल वर्षाले देशभरका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । बागमती नदीको बहाव बढेको छ । नारायणी नदीको बहाव बढेपछि गण्डकी बाँधका २२ वटा ढोका खोलिएको छ ।

देशका विभिन्न स्थानमा पहिरो गएको छ । सत्रकिलोमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । दशैंमा घर जाने र आउनेहरु सडक अवरुद्ध हुँदा रोकिएका छन् ।

पहिरोले पाल्पा गुल्मी सडक समेत अवरुद्ध भएको छ ।

निरन्तरको झरीका कारण देशका अधिकांश स्थानका नदीको बहाव बढेको छ भने पहिरोको खतरा बढेको छ । बाढी सूचनाले चितवन, मकवानपुरलगायतका नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्