Logo

सन्दीप लामिछानेद्वारा प्रहरीसामु आत्मसमर्पण, विमानस्थलबाट नियन्त्रणमा



काठमाडौं, २० असोज । प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आत्मसमर्पण गरेका छन् । उनी दोहाबाट काठमाडौं आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । कतार एयरवेजको विमानबाट नेपाल ओर्लिएका लामिछानेलाई नियन्त्रणमा लिन प्रहरीले पूर्वतयारी समेत गरेको थियो ।

गएराति कतारबाट नेपाल आउने विमान चढ्नु अघि लामिछानेले आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए ।

लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।
सन्दीप लामिछानेमाथि कम उमेरकी युवतीलाई बलात्कार गरेको आरोपपत्र दर्ता भएको छ । १७ वर्षीय युवतीमाथि होटलमा बलात्कार गरेको आरोप लागेका सन्दीप लामो समय विदेशमा बसेपछि प्रहरीले इन्टरपोलमा समेत वारेन्ट जारी गरेको थियो । उनले आरोप अस्वीकार गर्दै आएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्