Logo

कानूनमन्त्री गोविन्द बन्दीले आइतबार राजीनामा दिने



काठमाडौं, २० असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आगामी आइतबार राजीनामा दिने भएका छन् । सांसद नभएको कारण ६ महिनाको लागि मात्रै मन्त्री बनेका बन्दीले आउने आइतबार पदबाट राजीनामा दिने बताएका छन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले आफूले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका हुन् । उनले ६ महिनाको अवधिमा धेरै राम्रो काम गरेको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रशंसासमेत गरेका छन् ।

उनले विभिन्न कानून निर्माणमा उल्लेखनीय योगदान पुर्याएको चर्चा छ । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी कानून निर्माणमा पनि उनले योगदान पुर्याएका छन् । यद्धपी उक्त कानूनमा एमालेले असहमति जनाएको छ । संसद्को कार्यकाल अगावै उक्त कानून पास गराउने प्रयत्न गरिएको थियो ।

तर, विद्येयकमा राखिएका कतिपय प्रावधानबारे दलहरुबीच सहमति हुन नसक्दा विद्येयक अघि बढ्न नसकेको जनाईएको छ । कानूनमन्त्री शर्माले नागरिकता विद्येयक ल्याउनको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्