Logo

उपेन्द्र यादव बालकोटमा, आज सिट बाँडफाँटबारे सहमति हुँदै



काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन् । उनी बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा पुगेका छन् । पछिल्लो समय एमाले र जसपाबीच चुनावी सहकार्यकारे छलफल चलिरहेको छ ।

हिजो मध्यरातिपनि ओलीसँग यादवको निर्णायक छलफल भएको थियो । स्रोतकाअनुसार जसपाले २५ सिट लिने सहमति हुन लागेको छ। सत्ता गठबन्धनमा भने जसपालाई १५ सिटमात्रै दिनेगरि छलफल चलेको थियो । यादवले आफूहरुलाई अपमान हुनेगरि सिट बाँडफाँट गर्न लागिएको भन्दै पछिल्लो समय गठबन्धनको बैठकमा असहमति राख्दै आएका थिए ।

यसअघि बसेको जसपाको कार्यकारिणी समितिको बैठकले पनि गठबन्धनमा सम्मानपूर्वक सिट नपाईए अन्य दलसँगपनि सहकार्य गर्ने विकल्प खुला राखेको थियो । सोहीअनुसार यादवले एमालेसँग सहकार्यको लागि प्रस्ताव राखेका थिए ।

एमालेले पनि सत्ता गठबन्धनबाट जसपालाई बाहिर ल्याउन प्रयत्न गरिरहेको थियो । आज दुई नेताबीच सिट बाँडफाँटको सहमतिमा हस्ताक्षर नै हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्