Logo

जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने



काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी छैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई फोन गरेर आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको जानकारी गराएका थिए ।

प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जनाएअनुसार आज सत्ता गठबन्धनमा जसपाबाहेक चार दलबीच मात्रै सिट बाँडफाँट हुनेछ । जसपाले गठबन्धनमा २५ सिटमा दाबी गरेको थियो । तर, कांग्रेसले २५ सिट दिन नसकिने अडान लिएको थियो ।

जसपाले भने एमालेसँग चुनावी तालमेलबारे आजै नयाँ सहमति गर्दैछ । हिजो मध्यरातिसम्म एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । आज अपरान्हसम्म दुई दलबीच सिट बाँडफाँटबारे सहमति हुने दुवै दलका नेताहरुले जनाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्