Logo

जसपा बाहिरिए पनि गठबन्धन पाँच दलीय नै हुन्छ: मीन विश्वकर्मा



काठमाडौं, २२ असाेज। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफूहरूले चाहेर जनता समाजवादी पार्टी नअलग्गिएकाे बताएका छन्।

‘जसपालाई अलग्याउने हाम्राे इच्छा हाेइन। अहिले जसपाकाे ठाउँमा लाेसपा आएकाे छ। गठबन्धन पाँच दलीय नै भैहाल्याे। जसपालाई धेरै सिट दिनुपर्थ्याे, परिणाम उस्तै आउँथ्याे। जसपा बाहिरिँदा गठबन्धन दलहरूकाे सिटसंख्या बढेकै छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले भने।

आज दिउँसाे २ बजेसम्म पार्टीले टिकट वितरण गरिसक्ने पनि उनले बताए। पार्टीका सिट बढे पनि तपाईंले त टिकट नपाउने हुनुभाे नि धमलाकाे प्रश्नमा उनले भने, ‘जसपा छाडेपछि सुनसरी १ मा मैले टिकट पाउने निश्चित थियाे। तर माओवादी केन्द्रकाे भागमा परेपछि मैले सहयाेग गर्ने स्थिति बन्याे।’

चुनाव युद्ध मैदान भएकाले पार्टीकाे शेखर काेइराला समूहले जनतामा अनास्था र वितृश्णा फैलिने र विवाद बढ्ने गतिविधि गर्नु नहुने उनले बताए। समानुपातिक सूचीमा परेका नेतापत्नीकाे भूमिका र याेगदानकाे अवमूल्यन गर्न नहुने पनि उनले जिकिर छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot