Logo

मोरङ-२ बाट सुजाता कोइराला चुनाव लड्ने



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ-२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । सो क्षेत्रबाट डा. मिनेन्द्र रिजालले पनि चुनाव लड्न चाहेका थिए ।

तर, पार्टीले नेतृ कोइरालालाई टिकट दिएको छ । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । पछिल्लो समय नेतृ कोइराला सभापति शेरबहादुर देउवानिकट भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot