Logo

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै



काठमाडौं, २३ असोज । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको छ ।

अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको छ ।

चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

file photo



प्रतिक्रिया दिनुहोस्