Logo

मन्त्री श्रेष्ठ चितवन-२ बाट चुनाव लड्ने, चितवन प्रस्थान्



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले चितवन-२ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्त्री श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् ।

अहिले उनी टिकट लिएर चितवन प्रस्थान् गरेका छन् । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । उता, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनी पनि उम्मेदवारी दर्ताको लागि भरतपुरतर्फ लागेको उनको सचिवालयले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot