Logo

प्रचण्डको क्षेत्र चितवन क्षेत्र-३ मा माओवादीबाट डा. अधिकारीले उम्मेदवारी दिने



काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारी

लाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ ।

विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा अधिकारी सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुन् ।

उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी दिए । उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot