Logo

स्वर्णिम वाग्लेले टिकट पाएनन्



काठमाडौं, २३ असोज । चुनाव लड्ने तयारी गरेका स्वर्णिम वाग्लेले टिकट नै पाएनन् । उनी चितवन १ बाट चुनाव लड्न चाहन्थे । तर, उनलाई नेपाली कांग्रेसले उम्मेदवार बन्नबाट नै बञ्चित गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिएका हुन् । वाग्लेसँग देउवापत्नी डा. आरजु राणाको राम्रो सम्बन्ध छैन् । उनले केही मिडियामा चितवन र काठमाडौं जहाँबाट भएपनि चुनाव लड्ने योजना सुनाएका थिए ।

तर, उनले उम्मेदवारीको लागि इच्छा देखाएको चितवन १ मा विश्व पौडेल चुनाव लड्ने भएका छन् । यता, काठमाडौं ५ भने प्रदिप पौडेल उठ्ने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्