एमाले अध्यक्ष ओलीले गराए झापा-५ बाट उम्मेदवारी दर्ता


काठमाडौं, २३ असोज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् ।

ओलीले आज (आइतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । ओली उम्मेदवारी दर्ता गर्न पुग्दा एमालेका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो । file photo