Logo

राप्रपाका नेता विनय रावलद्धारा बर्दिया-२ बाट उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज । राप्रपाका नेता विनय रावलले बर्दिया-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आज साइत हेरेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले बिकसित, ब्यवस्थित बर्दिया बनाउनका लागि दृढ संकल्पित भई अनवरत बर्दियाली नागरिकहरूको सेवामा समर्पित रहने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।

रावलको “बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya)” बनाउन १५ बुंदे घोषणापत्र तथा प्रतवद्वता-पत्र

बर्दियालि नागरिकहरूको जिबन सुखी, समृद्धि, शिक्षित तथा सुरक्षित बनाउने मेरो सपना र सो सपनालाई बिपनामा परिणत गर्न आवश्यक कार्ययोजना र प्रतिबद्धता निम्न अनुसार रहेको छ र बर्दियाका जनताहरु एक अर्कासंग काँधमा काँध मिलाएर एक अर्कालाई टेवा दिंदै अगाडी बढेमा हामिले चाहेको बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya) बनाउन हामी सफल हुने निश्चित भएकाले यस घोषणापत्र तथा प्रतिबद्धता मार्फत सबैमा आब्हान गर्दछु र बर्दियाको विकासको लागि कडीको रुपमा मलाई अगाडी बढाउन आगामी मंसिर ४ गते हलो चुनाब चिन्हमा भोट दिई अत्याधिक मतले जिताउन अनुरोध गर्दछु।

१.‘स्वस्थ बर्दिया खुसी बर्दिया’ भन्ने मुख्य नाराका साथ बर्दियाका जनताको स्वास्थ्य सेवालाई सर्बसुलभ र सहज बनाउन कम्तिमा ५० शैयाको बहुआयामिक अस्पतालको निर्माण तथा संचालन गरिनेछ।

२.‘शिक्षित बर्दिया बिकसित बर्दिया’ प्रत्येक बर्दियाली जनतालाई शिक्षाको पहुच पुर्याउन आवश्यक व्यवस्था मिलाइनेछ भने उच्च शिक्षाको लागि जिल्ला छोड्नुपर्ने आजको बाध्यतालाई हटाउन मास्टर्ससम्म अध्यापन गराउन उच्च बिद्यालयको स्थापना तथा संचालन गरिनेछ । साथै, कृषि अध्ययनका लागि कृषि बिद्यालयको स्थापना, ब्यवसायिक शिक्षाका लागि छुट्टै बिद्यालय स्थापना गर्ने, बर्दिया जिल्लालाई शैक्षिक केन्द्रको रुपमा बिस्तार गर्नुका साथै बैदेशिक अध्ययनका लागि र शिक्षा, स्वास्थ्य क्षेत्रमा अध्ययनका लागि छात्रबृतिका लागि बिशेष पहल गर्ने छु ।

३.‘रोजगारीको सृजना’ एक घर एक रोजगारको अवधारणा अनुसार कार्य गरिनेछ साथै बर्दियाका युवाहरुलाई स्वरोजगार र प्राबिधिक रुपमा सक्षम बनाउन आवश्यक प्राबिधिक शिक्षालयको स्थापना गरिनेछ साथै स्वरोजगारीको लागि स्वपुंजी (Equity) मा सहयोग पुर्याउन एउटा कोषको स्थापना गरिनेछ र बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा ऋणमा पहुँच पुर्याइनेछ ।

४.‘सुरक्षित बसोबास’ बर्दिया रास्ट्रिय निकुन्जसंग जोडिएका स्थानहरुले जंगली जनावरहरुबाट भोगिरहेको पीडालाई हटाउन निकुन्जको सीमामा स्थायी रुपमा तारबारको व्यवस्थापन गरिनेछ ।

५.‘बर्दियाको समुन्नतीमा पर्यटनको साथ’ बर्दिया रास्ट्रिय निकुन्जलाई केन्द्रमा राखेर पर्यटनको बिभिन्न कार्यहरुलाई समेटी Tourism Eco-system को निर्माण गरी कार्य गरिनेछ । पर्यटनको मार्फतबाट बर्दियामा रोजगारी सृजना तथा आर्थिक स्थायित्व बढाउन कार्य गरिनेछ । ‘साथी लाै जाऊ बर्दिया’ कार्यक्रम मार्फत आन्तरिक पर्यटन प्रबर्धन गरी एक जना बर्दियाबासिले कम्तिमा बर्षमा ५ जना नयाँ पर्यटक बर्दियामा ल्याउन कार्य गरिनेछ ।

६.‘थारु समुदायको मान बर्दियाको सान’ थारु समुदायको उत्थान तथा थारु संस्कृतिको प्रवर्धनका लागि पर्यटन र घरेलु उद्योगलाई सँगसँगै लगिनेछ र थारु समुदायबाट निर्माण हुने वा उत्पादन हुने समानहरुको बजारीकरण गरिनेछ। साथै, थारु भूमिपुत्रहरुको संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ एउटा थारु संग्रहालय निर्माणको लागि पहल गर्नेछु ।

७.‘अर्ग्यानि कृषिको प्रवर्दन’ बर्दियाको कृषि उत्पादकत्व बृदि तथा अर्ग्यानिक उत्पादनलाई बायोफर्टिलाईजरको प्रयोगलाई जोड दिईने छ र एउटा बायोफर्टिलाईजर प्लान्टको स्थापना र संचालन गरिने छ ।

८.‘कृषिमा आत्मनिर्भर बर्दिया’ बर्दिया जिल्ला खाध्यान्न उत्पादनको भण्डार भएकोले कृषि क्षेत्रको उत्पादन बढाउन सिचाईको उचित ब्यवस्थापन गरिने छ र Agrovoltaic अन्तर्गत सौर्य उर्जा उत्पादन, उन्नत खेति उत्पादन तथा खाध्यान्न भण्डारका लागि गोदामहरु निर्माण गरी बजारमा माग अनुसारको खाध्यान्न सिजन अनुकुल उचित मुल्यमा बिक्रि बितरण गर्ने ब्यवस्था मिलाउने छु । कृषिको प्रबर्धनका लागि नेपाल सरकार, नेपाल सरकारका बिभिन्न निकायहरु, बैंक वित्तीय संस्थाहरुबाट प्रदान हुने सुहुलियत, सहयोगलाई कृषकसम्म पुर्याउन एउटा छुट्टै सहायता कक्ष (Help Desk) स्थापना गरिनेछ ।

९.‘उद्योग र उद्यमशीलता’ बर्दियामा बिभिन्न क्षेत्रका उद्योगहरुलाई सहजीकरण गर्न र औद्योगिक वातावरण सृजना गर्न एउटा औद्योगिक क्षेत्र/ग्रामको निर्माण तथा संचालन गरिनेछ ।

१०.‘बिकास निर्माण र पूर्वाधार’ बर्दियालाई सुर्खेतसंग सहज तथा छिटो रुपमा जोड्न सुर्खेत तेलपाली सडक’ लाई प्राथमिकताका साथ अगाडी बढाइनेछ । भुरीगाउँ बजारलाई गोदाना-ठाकुरद्वारा, मनाउ हुदै संकटिघाट टिकापुरसंग जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिनेछ । साथै, स्थानीय पूर्वाधार, खानेपानी, ढलनिकास, सडकको निर्माणमा प्राथमिकता दिइनेछ ।

११.‘बर्दियाली महिला, सबल र सक्षम महिला’ महिला शशक्तिकरणको लागि आवश्यक शिपमुलक, प्राबिधिक शिक्षा, स्वरोजगारको लागि आवश्यक स्रोत, साधन, तथा पुंजीको व्यवस्थापनका लागि एक बिशेष कोष गठन गरिनेछ । साथै, महिलाहरुले निर्माण वा उत्पादन गरेका बस्तुहरुको बजारसम्म पहुच पुर्याईनेछ ।

१२.‘कृषि उत्पादकत्वनै बर्दियाको भविष्य’ बर्दियाको उन्नति तथा प्रगतिका लागि सार्वजनिक निजि साझेदारीको माध्यमबाट कृषि उत्पादनको उत्पादकत्व वृद्धि गर्न, उत्पादित सामानको गुणस्तरीयता कायम गर्न, आवश्यक प्राबिधिक तथा वित्तीय क्षमता सहित बजारमा पहुँच पुर्याउन साझेदारी कृषि कार्यक्रम Contract Farming गरिनेछ । साथै, उत्कृष्ट अर्ग्यानिक उत्पादनलाई बैदेशिक बजारमा निकासी गर्न सहजीकरण गरिनेछ ।

१३.‘सुरक्षित बर्दियाका लागि तटबन्धन’ बर्दिया जिल्लामा बर्षातको समयमा हुने कर्णाली नदीले डुवान गर्ने क्षेत्रहरु तथा बबई नदिले डुवान गरी प्रभावित गर्ने क्षेत्रहरु र अन्य स्थानिय खोला, नालाले समेत डुबान गर्ने स्थानहरुमा उचित तटबन्धको ब्यवस्थापन गर्नेछु। १४.‘खोखो खेल बर्दियाको गहना’ खोखो खेलको प्रबर्धनका लागि खोखो एकेडेमीको निर्माण गरिनेछ । खेल, खेलाडिहरु राष्ट्रका गहनाहुन समग्र खेल क्षेत्रको संरक्षण गर्ने



प्रतिक्रिया दिनुहोस्