Logo

टिकट नपाएका मिनेन्द्र रिजाल अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीसँग भेट्दै



झापा, २४ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न झापा पुग्ने भएका छन् । अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दिएको जानकारी अनुसार अहिले १० बजे रिजालले ओलीसँग भेटवार्ता गर्दैछन् ।

पार्टीले टिकट नदिएपछि रिजाल असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवाले आफूसँग प्रतिशोध साँधेको रिजालको टिप्पणी छ । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा मोरङ २ बाट चुनाव लड्न चाहेका थिए । तर, पार्टीले सुजाता कोइरालालाई टिकट दिएको छ । उनी भने चुनाव लड्नबाट नै बञ्चित भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot