Logo

आर्सनलको रोमाञ्चक जीत, लिभरपुल स्तब्ध



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुलमाथि रोमाञ्चक जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलले पराजीत गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन बुकायो साकाले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलको लागि डार्विन नुनेज र रोबर्टो फर्मिन्होले समान एक-एक गोल गरे । खेलको पहिलो मिनेटमै ओडेगार्डको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई शरुवाती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा लुइस डियासको पासमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा मार्टिनेलीको पासमा साकाले गोल गर्दै आर्सनललाई २-१ गोलको अग्रता दिलाए । ५३ औं मिनेटमा जोटाको पासमा फर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै ७६ औं मिनेटमा साकाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ गोलको जीत दिलाएका हुन् । जीतसँगै आर्सनल ९ खेलबाट २४ अंकको साथ लिगको शीर्ष स्थानमा उक्लिदा पराजीत लिभरपुल १० अंकको साथ दसौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot