Logo

टिकट नपाएपछि करिश्माको आक्रोश,‘बाहिर निस्केर श्वास फेर्नु राम्रो’



काठमाडौं, २४ असोज । सदावहार अभिनेत्रीको पहिचान बनाएकी एमाले नेतृ करिश्मा मानन्धरले आगामी मंसिरमा हुने चुनावको टिकट नपाएपछि असन्तृष्टि जनाएकी छिन् । सबै पार्टीमा टिकट वितरणमा असुन्तृष्टि जनाएका समाचार बाहिरिएकै बेला करिश्माले पनि सामाजिक सञ्जालमा आफ्नो असन्तृष्टि पोखेकी हुन् ।

उनले बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेन उपयुक्त हुने पनि उल्लेख गरेकी छिन् । उनले हातमा ग्लास लिएको तस्बिर स्ट्याटससँगै राखेपछि तस्बिरले पनि खास अर्थ बोकेको स्पष्टै देख्न सकिन्छ ।

उनले लेखेकी छिन्, ‘बिद्रोह नगर्ने स्वभाव रह्यो ।
नगर्दा पनि भगवानले सबै दिए ।
तर आज महसुस हुँदै छ !!
बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot