नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम ९७ करोडमा सिमित


काठमाडौं, २४ असोज । साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक २७ दशमलव १६ अंकले घटेर १८७१ दशमलव २२ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्न्डेक्स पनि सोमबार ५ दशमलव ३६ अंकले घटेर ३६६ दशमलव ८४ विन्दुमा पुगेको हो । दशैंपछि कारोबार दिन पहिलो दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।

त्यस्तै, आज २३३ कम्पनीको ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।