Logo

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य



काठमाडौं, २५ असोज । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । मंगलबार सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

त्यस्तै, चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्