Logo

प्रभु साहले छाडेपछि मधेशमा एमालेलाई कस्तो असर पर्ला



काठमाडौं, २५ असोज । माओवादी छाडेर एमालेमा लागेका प्रभु साहले आश्चर्यजनक निर्णय लिए । उनले चुनावको मनोनयनको दिन एमाले छाडे । साहले रौतहट क्षेत्र नं ३ बाट उम्मेदवारी दिए । एमालेको सूर्य चिन्ह लिएर नभई स्वतन्त्र उम्मेदवार बने ।

साहले छापामार शैलीमा ओलीलाई झुक्याइदिए । २३ असोजको साँझ ५ बजेसम्म उनी एमालेकै उम्मेदवार बन्ने चर्चा थियो । तर, आन्तरिक तयारी पूरा गरिसकेका थिए । आफू मात्र उम्मेदवार नबनी निकटस्थलाई पनि उम्मेदवार बनाए । रौतहट २ बाट किरण साह, रौतहट ४ बाट प्रदीप साह, महोत्तरी ३ बाट रामआधार कापडलगायतलाई उम्मेदवार बनाए । साहको कदमले एमालेको मधेशको राजनीतिमा कम्पन गएको छ ।

रौतहटमा बलियो पकड राखेका छन् साहले । उनको मधेशका आसपासका जिल्लामा पनि पकड छ । यसकारण पनि ओलीले उनको साथ पाएका थिए । साहको भूमिकाले मधेशमा एमालेले राम्रो आशा राखेको थियो । तर, प्रतिष्पर्धा फरक नै बन्यो । साहका कारण एमालेलाई नोक्शान पर्ने देखिएको छ । रौतहटमा एमाले कमजोर बन्न पुग्यो । यसबाहेक छेउछाउका जिल्लामा समेत असर परेको छ ।

एमाले छाड्नुमा जसपासँगको गठबन्धन रहेको साहको तर्क रहेको छ । उनले चाहेका केही व्यक्तिले टिकट नपाएपछि रुष्ट थिए । त्यसकारण उनले छापामार शैलीमा विद्रोह गरे । उनलाई अब कुन कुन दलले साथ दिन्छन् भन्ने चासो बनेको छ । कतिपयले गठबन्धनबाट उनलाई साथ मिल्न सक्ने अड्कलवाजी समेत गरेका छन् । साह संविधानसभायता चुनाव हारेका छैनन् । उनको रौतहट ३ मा बलियो पकड छ । यसकारण जित्नेमा ढुक्क छन् ।



प्रतिक्रिया दिनुहोस्