Logo

भक्तपुर कांग्रेसका दर्जनौं नेता एमालेमा प्रवेश



भक्तपुर, २५ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसका दर्जनौ नेता नेकपा एमाले प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४/०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उद्यब चौलागाई लगायत २५ जना एमालेमा प्रवेश गरेका हुन् । आगामी निर्वाचनमा तेब्बर भन्दा बढी मतले विजयी हुने दावी गरेका नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतको विशेष पहलमा उनीहरु आज एमालेमा प्रवेश गरेका हुन् ।

बालकोटमा आज आयोजित एक कार्यक्रमका बिच एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई उनीहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै उनीहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गरे ।

नवप्रवेशीलाई अध्यक्ष ओली तथा नेता बस्नेतले स्वागत तथा राजनीतिक जीवन सफलताको शुभकामना व्यक्त गरे । योग्यता र क्षमताको आधारमा पार्टीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिई एमालेलाई थप दरविलो र परिस्कृत बनाउन पार्टी तथा मुलुक निर्माणमा लगाउने प्रतिवद्धता उनीहरुले जनाए ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, एमाले भक्तपुर क्षे नं. २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतका एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot