Logo

आर्थिक संकटबाट पार पाइने अन्धविश्वासमा दुई महिलाको बली



एजेन्सी, २५ असोज । आर्थिक संकटबाट पार पाउन भन्दै दुई महिलाको बली दिइएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको केरला राज्यको हो ।

स्थानीय दम्पत्ति भगभाल सिंह र लैला सिंह आर्थिक संकटबाट गुज्रिइरहेका थिए । उनीहरुले अन्धविश्वासमा कतिपय स्थानमा देखाउन थाले ।

एकजना महिलाले मानव बली दिए संकटबाट पार लाग्ने सुझाव दिइन् । तिनै महिलाले दुईजना महिलाको व्यवस्था गरे । दुवैलाई बली दिएर भगवान खुशी पार्ने नाममा हत्या गरियो ।

घटना खुल्न ४ महिला लाग्यो । एकजना महिलाले आफ्नी दिदी हराएको उजूरी प्रहरीमा दिइन् । मोबाइल ट्रेस गर्दा सम्बन्ध साफी नामकी महिलासँग जोडियो । अनुसन्धानका क्रममा तिनै महिला कालो जादू गर्ने नाममा हत्याका लागि उक्साउनेमा संलग्न भएको पाइयो ।

साफीले आर्थिक समस्यामा परेका रोस्लिन र अर्की महिलाको कमजोरीको फाइदा उठाउँदै बली दिने ठाउँसम्म पुर्याएकी थिइन् । आश्चर्यको कुरा यो छ कि बली दिने दमपत्ति भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका सक्रिय कार्यकर्ता हुन् । उनीहरुको सामाजिक सञ्जालमा हजारौं फलोवर रहेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्