Logo

गिरिजाबाबुको सपना पूरा गर्न मेरो उम्मेदवारीः सुजाता कोइराला (भिडिओसहित)



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएकी छन् ।

‘म विकासप्रेमी नेतृ हुँ । मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो । ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन् । तिनलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन् ।

नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले आफू गठबन्धनको उम्मेदवार नभई पार्टीको मात्र उम्मेदवार भएको बताए । यस क्षेत्रलाई बदल्न सक्छु भन्ने विश्वासले उम्मेदवारी दिएको पनि उनको दाबी छ । लौरो अभियानका उम्मेदवार विनोदमणि भट्टराईले जनतालाई विकल्प दिन उठेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot