Logo

ठुलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुल्यो (सुचनासहित)



loksewa logo

काठमाडौं,२६ असोज । लोकसेवा आयोगले ठुलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ । नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्धितिय श्रेणी (उपसचिव) गरी ४३३ कर्मचारीका लागि भर्ना खुल्ला गरिएको हो ।

आज आयोगले एक विज्ञप्ती जारी गर्दै प्रथम श्रेणीका लागि ११२ र द्धितिय श्रेणी ३२१ गरी उक्त विज्ञापन खुलाएको हो ।

इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१, उपसचिव पदमा ४९, कृषि सेवातर्फ २ सहसचिव, १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव, ११ उपसचिव, लेखातर्फ सहसचिव ५, उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६, उपसचिवमा ६ लगायत पदमा विज्ञापन खुलाइएको छ । दरखास्त फारम बुझाउने म्याद ०७९ कात्तिक २९ गतेसम्म रहेको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot