काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको विषयमा भोलि पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा राख्ने भएका छन् ।
बिहीबार बबरमहलस्थित कार्की वैक्वैटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा आफ्नो धारणा राख्न लागेका हुन् ।
अछाम–१ का लागि वडा,पालिका, जिल्ला र प्रदेश कमिटिले रावलको नाम एकल सिफारिस गरेर पठाएपनि उनको नाम केन्द्रले हटाएको थियो । अध्यक्ष केपी शर्मा ओलीले उनको ठाउँमा झपट बोहोरालाई टिकट दिएका थिए ।
आफूले टिकट पाउने निश्चित भएपनि नपाएपछि उचित समयमा बोल्ने भन्दै रावल मौन बसेका थिए ।




प्रतिक्रिया