Logo

डा. दीपेश केसीले लिए क्रस खुकुरी चुनाव चिन्ह



काठमाडौं, २६ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारका रुपमा लोकप्रीय रहेका डा. दीपेश केसीले क्रस खुकुरी चुनाव चिन्ह लिएका छन् । आज निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा उनले क्रस खुकुरी चुनाव चिन्ह रोजेका हुन् ।

चुनाव चिन्ह लिएपछि नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी, सदस्यहरु निरञ्जन देव थापा, सुमन केसी पौडेल, विदुर कँडेल, सुर्यबहादुर केसी पौडेल, गिरी चाचोलगायतले बधाई तथा शुभकामना दिएका थिए । केसीलाई चुनाव चिन्ह क्रस खुकुरी समेत लगाइदिएका थिए ।

आजै नेपाल स्वतन्त्र नागरिक सञ्जालका देशभरका प्रतिनिधि सभाका उम्मेदवारहरुले क्रस खुकुरी लिएका छन् । केहीले उक्त चिन्ह प्राविधिक कारणले नपाएपछि अन्य चिन्ह लिएका छन् ।

लोकप्रीय कानून व्यवसायी स्वागत नेपाल, मोडल खुस्बु ओलीलगायतले पनि क्रस खुकुरी चिन्ह लिएका छन् । सिराहाका क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार कासिन्द्र यादवले पनि क्रस खुकुरी लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्