Logo

तनहुँमा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन



तनहुँ, २७ असोज । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) तनहुँले चारवटा प्रदेशसभा क्षेत्रमा उम्मेदवारी कायमै राखेको छ ।

सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेको एकीकृत समाजवादीले तनहुँमा एक सिट पनि नपाएपछि चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

सत्तारुढ दलका शीर्षनेताले सहमतिविपरीत उम्मेदवारी दिएका ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तनहुँमा उम्मेदवारी फिर्ता भएन ।

आफूहरुको पार्टीका तर्फबाट चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवार रहेको र पार्टीका उम्मेदवारका पक्षमा मत मागिने समाजवादीका अध्यक्ष श्रीराम कार्कीले बताए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot