Logo

काठमाडौं-१ को विकृतिको जड तोड्ने क्षमता हाम्रो टिममा मात्रै छ : रवीन्द्र मिश्र



काठमाडौं, २७ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं-१ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं १ मा रहेको विकृतको जड तोड्ने क्षमता आफ्नो टिममा मात्रै रहेको बताएका छन् । उनले भोट बाँडियो भने फेरि विकृतिकै जडले संसद्मा प्रवेश पाउने कुराको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्-

भोट बाँडियो भने… “भोट बाँडियो भने फेरि विकृतिकै जडले संसदमा प्रवेश पाउने छ। काठमाडौं क्षेत्र नं १ मा त्यो विकृतिको जड तोड्ने क्षमता हाम्रो टिममा मात्र छ। त्यसैले सबैलाई एक ढिक्का भएर हामीलाई भोट गर्न विनम्र आग्रह गर्दछौँ।
आज मुलत: जेष्ठ नागरिकहरूसँगको एउटा अन्तर्कृयामा।
काठमाडौं क्षेत्र नं १ का मतदाहरूसँग हामी उहाँहरूको घरको आँगन/छत/बैठकमा सो घर वरपरका १५/२०/२५ जना भएर सामुहिक अन्तरक्रिया गरिरहेका छौँ।
घरदैलो भन्दा पनि यस्ता प्रत्यक्ष अन्तरक्रिया बढी प्रभावकारी पाएका छौँ। मसँग कुनै जिज्ञासा भए वा मेरा लागि कुनै सुझाव भए, म सुन्नेछु/सुनाउनेछु। हरेक प्रश्नको जवाफ दिन खुशी हुनेछु।
कृपया हाम्रो चुनावी अभियानको सचिवालय, 9851021289 वा 9803492262 मा सौरेन्द्र शाहलाई फोन गरिदिन विनम्र अनुरोध गर्दछु।
https://www.facebook.com/rabindramishra.official/videos/505032464829412



प्रतिक्रिया दिनुहोस्

Screenshot