Logo

नेपालमा बिवाइडी ‘एटो ३’ सार्वजनिक हुँदै, कति पर्छ मुल्य ?



काठमाडौं, २७ असोज । आगामी शनिबार नेपाली बजारमा बिवाइडी ‘एटो ३’सार्वजनिक हुनेछ । चीनको विद्युतीय गाडी निर्माता बिवाइडीको उक्त बहुप्रतिक्षित प्रिमियम एसयूभी नेपालमा सार्वजनिक हुने भएको हो ।

कम्पनीको अनुसार गत मंगलबार अर्थात अक्टोबर ११ (असोज २५ गते) भारतमा लन्च भएको ‘एटो ३’ अब नेपाली बजारमा पनि सार्वजनिक हुने भएको हो । नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक रहेको छ ।

‘एटो ३’ को बाहिरी डिजाइन निकै नै आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित रहेको कम्पनीले जनाएको छ।

‘एटो ३’ मा ५० र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । यसलाई एकपटकको फुलचार्जमा ४५० किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ । यसको एक्सिलेरेसन पावर झन् उत्कृष्ट छ । यो गाडीले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्ने कम्पनीले जनाएको छ।

यसमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि यसमा उपलब्ध छ ।

कम्पनीले नेपाल बजारमा एटो ३ को मूल्य करिब ९० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्