Logo

कविताले जन्माइन् तिम्ल्याहा बच्चा



वीरगञ्ज, असोज २८ । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले बताए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएको जनाए । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot