Logo

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश



काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही–३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाँणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई.श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्छन् । उनलाई पार्टी प्रवेश गरेलगत्तै कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाँणले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot