Logo

कांग्रेसलाई खोजिखोजि भोट हाल्ने स्थिति निर्माण गर्छुः नेता पौडेल



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का गठबनन्धनका साझा उम्मेदवार प्रदीप पौडेलले अर्को चुनावमा कांग्रेसलाई जनताले खोजिखोजि भोट दिन आउने स्थिति निर्माण गर्ने बताएका छन् ।

काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले जनप्रतिनिधिले राम्रो काम गरे अर्को चुनावमा भोट मागिरहन नपर्ने बताए ।  उनले भने,‘कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्। हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं, हामीलाई मौका दिनुस्, अर्को चुनाव लड्दै गर्दा हामीले भोट मागिरहनु पर्दैन। हामीलाई खोजिखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौैैं। ’

नेपालको राजनीतिक, संस्कृतिक विकास गर्ने पार्टी नेपाली कांग्रेस नै भएको उनको ठहर थियो । समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व गरेको कांग्रेस आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जान र परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा अलिबढी अलमलिएको उनले बताए ।

‘कांग्रेसको लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न गर्दैन, त्यसमा दुविधा भएन। तर, राजनीति निष्ठाका लागि हो, राजनीति इमानका लागि हो, राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्छ।’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot