सुदुरपश्चिम एमालेद्धारा ५ बागी उम्मेदवारलाई कारवाही


काठमाडौं, २८ असोज । नेकपा एमाले सुदुरपश्चिमले बागी उम्मेदवारी दिएका पाँचजनालाई पार्टीबाट निस्कासित गरेको छ ।

पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश कमिटि सदस्यहरु टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका सदस्य विजयसिंह मयाल र टेकबहदुर साउँदलाई कारबाही गरिएको जनाइएको छ ।