Logo

मुख्यमन्त्री राउतद्धारा कांग्रेसका मन्त्रीको राजीनामा माग, राजीनामा नदिए बर्खास्त गर्ने चेतावनी



काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीको राजीनामा मागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुको राजीनामा मागेका हुन् ।

कांग्रेसबाट रामसरोज यादव भौतिक पुर्वाधार विकास मन्त्री बनेका छन् । त्यस्तै, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा पनि कांग्रेसबाट मन्त्री बनेका छन् । उनीहरुले आजै राजीनामा नदिए राउतले बर्खास्त गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot