Logo

कांग्रेस गण्डकी प्रदेश आदीवासी जनजातिबाट पहिलो नम्बरमा गौचनको नाम



काठमाडौं, २८ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनको नाम समानुपातिकतर्फ आदीवासी जनजाति महिला कोटाबाट एक नम्बरमा परेको छ । गौचनको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट कांग्रेसको तर्फबाट समानुपातिक सुचीमा परेको हो ।

गत असोज २६ गते निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

होटल व्यवसायी समेत रहेकी उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनका श्रीमान राम गौचनको कांग्रेसको राजनीति गर्ने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।

गण्डकी प्रदेशमा मन्त्री हुने सम्भावना बोकेकी आदीवासी जनजातिको नेतृको रुपमा गौचनको नाम सबै भन्दा अगाडी रहेको छ । उनलाई ज्योतिषले पनि मन्त्री हुने समय आएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot