Logo

मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त



काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा मन्त्री बनेका थिए । उनीहरु गत २०७८ जेठ २६ गते मन्त्री नियुक्त भएका थिए ।
हटाइएका मन्त्रीहरुको काम अब मुख्यमन्त्रीले नै सम्हाल्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot