Logo

कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखको जिम्मेवारीमा फेरि गुप्ता



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसले मधेस प्रदेश सदस्य एवम सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखमा नितेश कुमार गुप्तालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई सामानुपातिकमा बन्द सुचीमा सावेशी नगराईएको भन्दै गुप्ताले असन्तुष्ट भई राजीनामा दिएका थिए ।

त्यसपछि कांग्रेस मधेस प्रदेशको प्रचारप्रसार सूचना प्रवाहमा धेरै निष्क्रिय भएको थियो । नेपाली कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेकोे लिखित रुपमै माहामन्त्री बृहस्पकृष्ण श्रेष्ठले पत्राचार गरि प्रतिनिधिसभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन निर्देशनसमेत दिएको छ ।

अब कांग्रेस मधेस प्रदेशमा कांग्रेसलाई देशव्यापी रूपमा र प्रदेशभरि राष्ट्रिय अनलाईन मिडिया, राष्ट्रिय पत्रिकामार्फत र सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट प्रचारप्रसार हुने गुप्ताले बताए । गुप्ता ईमानदार राजनीतिकर्मीको रुपमा परिचित छन् ।

मधेस प्रदेशको १४औं महाधिवेशन निर्वाचनमा सबैभन्दा धेरै मत ल्याई प्रदेश सदस्य पदमा निर्वाचित भएका थिए । कांग्रेसभित्र रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु सबैसंग राम्रो सम्बन्ध बनाएर राख्ने गरेका छन ।

विद्यार्थी कालदेखि राजनीति गर्दै आएका गुप्तालाई नेपाल सरकारले राष्ट्रिय अपाङ्ग कोषको केन्द्रीय सभापतिजस्तो गरिमामय पदमा नियुक्ती दिएको थियो । गुप्ताले आफूले पार्टी बलियो बनाउनको लागि योगदान पुर्याउने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot