Logo

देश भ्रष्टाचारमुक्त कसरी बनाउने ? विनय रावलले सुनाए यस्तो टिप्स



काठमाडौं, २८ असोज । राप्रपाका युवा नेता तथा आगामी निर्वाचनमा बर्दिया-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका विनय रावलले देशमा भ्रष्टाचार कसरी मुक्त गर्ने भन्नेबारे टिप्स अघि सारेका छन् ।

उनले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भनेझैं प्रधानमन्त्री, प्रधानन्यायाधीश र अख्तियार प्रमुखले पनि यस्तै प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका थिए । सामाजिक सञ्जाल फेशबुकमार्फत रावलले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्-

“राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले भने झै “भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो ” भनेझै यो देशका प्रधानमन्त्री, प्रधानन्यायाधीश र अख्तियार प्रमुख यी तीन ब्यक्तिहरुले पनी “भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो ” भनी प्रतिवद्वता गरि काम गरेमा यो देश नेपाल भ्रष्ट्रचारमुक्त हुनेछ । के यो भन्न सक्ने आट हामी मा छ त ? अब जनताले सबै पार्टी र तिनका उम्मेदवारहरु लाई यहि क़सम खुवाउन अति आबश्यक छ । यो देशलाई भ्रष्ट्रचार मुक्त बनाएर छोड्छौ । सिर्फ एक चाेटि मात्र राजेन्द्र लिङदेन नेतृत्वकाे सरकार बनाउनमा साथ दिनुहाे हामी गरेर देखाउन्छाै । जय राष्ट्रबाद, जय पशुपतिनाथ। “



प्रतिक्रिया दिनुहोस्

Screenshot