भक्तपुर, ३० असोज । भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति भिमसेन चोकमा बा १ ज ९०६० नम्बरको ट्याक्सीले विपरित दिशामा गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक नुवाकोट घर भएका कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित ट्याक्सीको ठक्करबाट गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका दुवै सवारी साधन र ट्याक्सी चालनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान बढाएको जनाएको छ ।




प्रतिक्रिया