काठमाडौं, ३० असोज । शेयर बजार आज सामान्य अंकले घटेको छ । नेप्से परिसुचक ९ दशमलव ६९ अंकले घटेर १८६० दशमलव ९४ विन्दुमा झरेको हो ।
त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ अंकले घटेर ३६५ दशमलव ४२ विन्दुमा थामिएको हो ।
यसैगरी, २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर खरिद विक्रि भइरहेको नेप्सेले जनाएको छ ।




प्रतिक्रिया