Logo

भृकुटीमण्डपमा टिभिएस एक्सचेन्ज मेला सुरु



काठमाडौँ, ३१ असोज । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘TVS Great Grand Exchange and Finance Mela’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ ।

आज असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ। यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

 



प्रतिक्रिया दिनुहोस्