Logo

दाङमा किशोर–किशोरीको हत्या नजिकका आफन्तले गरेको आशंका



काठमाडौं, ३१ असोज । जंगलमा गाडिएको अवस्थामा फेला परेको दाङका दुई किशोर–किशोरीको हत्या आफन्तले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुबैजनाको टाउकोमा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट देखिएको प्रहरीको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा उनीहरुको हत्यामा आफन्तको सम्लग्ना रहेको प्रहरीले आशंका गरेको छ । भने उनीहरुको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ । घटना आकस्मिक हो वा पुर्व योजना अनसार भृएको हो त्यसबारे अनुसन्धान भइरहेको छ । शवको ब्यवस्थापन राम्रोसँग गरिएको हुनाले पनि आफन्तबाटै उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तुलसीपुर महानगरपालिका–१३ दमारगाँउको जंगलमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो ।

प्रहरीले टिपर चालकसहित गए राति नै शंकास्पद ६ जनालाई नियन्त्रणमा लिइसकेको छ । तर, दुबैजनाले प्रयोग गर्ने मोबाइल भने अहिलेसम्म फेला पर्न सकेको छैन् ।

उनीहरु गत असोज २७ गतेराति देखि बेपत्ता भएका थिए । आचार्यको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन प्रहरी कार्यालय पुगेपछि किशोर–किशोरी प्रेममा परेर भागेको हुनसक्ने आशंका गरिएको थियो ।

उनीहरु दुबैजना कक्षा–९ मा एकै विद्यालय अम्बापुर माविमा अध्ययनरत थिए । जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खोतलेर हेर्दा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर स्थानीयले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot