प्रकाशमानका प्रतिवद्धता सार्वजनिक


काठमाडौं, ३१ असोज । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

सिंहले प्रतिबद्धतामार्फत संघीयतामा मुलुक छ भन्ने आभास दिनेगरी नीति–निर्माणमा लाग्ने बताएका छन् । संविधानले प्रदान गरेका र स्थानीय तहका एकल अधिकारको रषा एवं तिनको प्रयोगको सुनिश्चितता गर्ने, प्रदेश र स्थानीय तहमाथिको असंवैधानिक रुपमा गरिने हस्तक्षेपको कडा विरोध गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

यसैगरी, नेता सिंहले प्रतिनिधि सभामा उपस्थित रही जनता र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, संवैधानिक सर्वोच्चता कायम गर्दै संविधानका माथि उल्लेखित चार खम्बालाई मजबुद पार्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन् ।

Photo : Mukunda Kalikote