Logo

उपेन्द्र यादवको टिप्पणी : विचराहरु ! मलाई त लोसपाका साथीहरु देखेर दयापनि लाग्छ (भिडिओसहित)



काठमाडौं, ३१ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूलाई लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु देखेर दया लागेको बताएका छन् । सत्ता गठबन्धनमा चुनावको लागि मनोनयन दर्ता गर्नु अघिल्लो दिनमात्रै सामेल भएको लोसपाप्रति यादवको यस्तो टिप्पणी आएको हो ।

उनले कांग्रेसले लोसपाका नेताहरुलाई नजित्ने ठाउँमा ल्याएर थन्काईदिएको पनि टिप्पणी गरे । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यादवले अब राष्टिय पार्टी नै नबन्ने ठोकुवा गरे ।

उनले भने,”लोसपा अब राष्टिय पार्टी बन्दैन, तीन प्रतिशत पनि कटाउँदैन् । फाटफुट, एकाध मान्छेले जित्लान् । नत्र लोसपा अब कोल्याप्स हुने अवस्थामा पुगेको छ ।” लोसपाकै नेताहरुले सो पार्टीको दयनीय अवस्था सिर्जना भएको यादवको जिकिर छ । उनले सत्ता गठबन्धनमा रहँदा आफ्नो दलले संघ र प्रदेश गरेर ५० सिटमा दाबी गरेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot