Logo

भिभोको भी २५ बजारमा सार्वजनिक



काठमाडौं, १ कात्तिक । भिभोले भी २५ सिरिज बजारमा सार्वजनिक गरेको छ । युवाहरूलाईमा सशक्त बनाउन उत्कृष्ट आविष्कारहरू समर्पित गर्दै आएको भिभोले नयाँ उत्पादनहरु आकर्षक बनाउदै आएको छ ।

युवाहरुको व्यावसायिक र व्यक्तिगत प्रयासहरू अभिवृद्धि गर्न भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केही नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाएको छ । त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू–भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा उपलब्ध छन् ।

भिभो भी२५ सिरिजमा कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ ।

पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ र प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिने भिभोले जनाएको छ ।

भी २५ सिरिजमा बोकेह फ्लेयर पोट्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी सुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तै, भी२५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।

भी२५ ई मा ३२ एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै, प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभो भी २५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ ।

भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४ हजार ५ सय एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ ।

भी२५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्– भी२५ फाइभजी मा मिडियाटेक डाइमेन्सटी ९ सय प्रोसेसर छ र भी२५ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड ¥याम ३ रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।

भिभोका स्मार्टफोनहरूमा डिजाइन, कार्यसम्पादन र अनुपम शक्तिका पाउँन सकिन्छ । यसले नवीनतम आविष्कारहरूद्वारा स्मार्टफोन बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी२५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्