Logo

खोटाङमा एमालेले सुतेर बस्दा पनि जित्ने स्थिति छः विशाल भट्टराई



काठमाडौं, २ कात्तिक । नेकपा एमालेका नेता एवं खोटाङका प्रतिनिधिसभा उम्मेदवार विशाल भट्टराईले जनताले स्थापित पार्टी र अनुहार खोजिरहेको बताएका छन् ।
‘निर्वाचन आचारसंहिताका कारण निर्वाचनको चहलपहल त्यति छैन । १७ दिन अगाडि मात्र सभा गर्न पाउने व्यवस्थाका कारण भेटघाट गरिरहेको छु । आम जनताले विशाल भट्टराई अनवरत रुपमा जिल्लामा खटिइरहेको निष्ठावान् नेता चाहिन्छ भनिरहेका छन् । सहर बजारमा स्वतन्त्रको हावा चलेको छ । तर गाउँमा स्थापित पार्टी र अनुहार नै खोजेका छन् । एमालेप्रति आकर्षण बढ्दो छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
एमालेको मात्र नभएर कांग्रेसको भोट समेत आफूले पाउने दाबी गरे । भट्टराईले थपे, ‘खोटाङमा गठबन्धन भए पनि एमालेपछिको दोस्रो पार्टी कांग्रेसभित्र तलतलसम्म चिरा परेको छ । दुई हजार भोट पनि नभएको माओवादीले प्रतिनिधिसभा र एक हजार पनि भोट नभएको नेकपा (एस)ले प्रदेशमा टिकट पाएका छन् । कांग्रेसले प्रदेशमा जम्मा एउटा सिट पाएकाले कार्यकर्तामा चरम निराशा छ । कतिपय धारा चिह्न लिएर हिँडिरहेका छन् । उहाँहरुले विकल्प खोज्दा मैले भोट पाउने स्थिति छ ।’
खोटाङमा एमाले उम्मेदवारी दर्ता गरी सुतेर बस्दा पनि जित्ने स्थिति रहेको उनले दाबी गरे । गठबन्धन भएकाले अलिकति चुनौती खडा भएको उनको स्वीकारोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot