Logo

आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन



काठमाडौं, २ कात्तिक । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुंदे निर्देशन दिएको छ ।

कतिपय राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्ने क्रममा २५ जना भन्दा बढी संख्याको जुलुस लिइ हिड्ने, जुलुुस, आमसभा, कोणसभा, भेला गरेको सूचना आएपछि निष्पक्ष ढंगले सम्पादन गर्नको लागि निर्देशन दिएको हो ।

यस्तो छ दल र उम्मेदवारलाई आयोगले दिएको ७ बुंदे निर्देशन

१. निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न चाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगने सरकारी कामको सिलसिलामा यात्रा गर्दा आहे निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जांदा समेत सरकारी साधन सोनको उपयोग नगर्न तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जादा समेत उल्लेखित व्यवस्थाको पालना गर्ने ।

२. निर्वाचन आचारसंहिता, २०७९ को दफा बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक अशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जादा वा आउदा समेत सरकारी साधन तथा जनशक्ति उपयोग नगर्ने ।

३. निवाचन आचारसंहिता २०७९ को दफा १३ मा मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सन्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था २०७९ साल कातिक १२ गतेभन्दा अघि कुनै पनि राजनीतिक उम्मेदवारले जुन आमसभा, कोणसभा जस्ता कार्यक्रम तथावाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्ने ।

४. निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जांदा बाजागाजा तथा झांकी सहित जान नहुने समेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्ने ।

५. निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा निर्वाचन प्रसार प्रसारको लागि आयोगले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोके बमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने निर्वाचन प्रचार प्रसारको लागि अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारी साधनमा दलको वा निर्वाचन चिन्ह अंकित झण्डा प्रयोग नगर्ने ।

६. निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ज) मा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, इस वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टास्न नहुने व्यवस्था रहेको तथा सोही दफाको उपदफा (२) मा त्यस्ती सामग्री राखेको वा टासेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारवाही हुने व्यवस्था रहेकाले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा (१) को (खण्ड (ज) विपरीत हुने गरी आफ्नो वा आफ्नो दलसंग सम्बन्धित प्रचार प्रसार सामाग्री नराख्ने वा नटास्ने तथा अरुलाई समेत त्यस्तो प्रचार प्रसार सामग्री राख्न वा टास्न नदिने ।

७. माथि उल्लेख भएका विषय तथा निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लघन भएमा प्रचलित कानुन बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot