Logo

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा, मोदीसँग स्टेज सेयर गर्ने



नयाँ दिल्ली, २ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आईपुगेका विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।

महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए ।

जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए । भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ ९पर्यावरणका लागि जीवन शैली० पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनेछन् ।

विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्नेछन् । रासस/एएनआई



प्रतिक्रिया दिनुहोस्

Screenshot