काठमाडौं, ३ कात्तिक । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक १ दशमलव ३८ अंकले घटेर १८४४ दशमलव १४ विन्दुमा रोकिएको हो ।
शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०९ अंकले बढेर ३६३ दशमलव ०५ विन्दु कायम भएको छ ।
आज २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८५७ शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।




प्रतिक्रिया